योजना आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

योजना आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण


१३ बैशाख २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डा. कँडेललाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

त्यस पश्चात नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. केपी ओली, डिलबहादुर गुरुङ, इन्जिनियर शुशिल भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँलले डा. कँडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

समारोहमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्य सचिवसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस