तामा र पित्तलको भाडा चोरी गर्ने २ पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तामा र पित्तलको भाडा चोरी गर्ने २ पक्राउ


१३ बैशाख २०७५, बिहिबार


काठमाडौं । तामा र पित्तलको भाडाकुडा चोरीमा संलग्न दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं–२६ ठमेलबाट नुवाकोटको कसनी गाउँपालिका–७ का २३ वर्षीया अर्जुन सेढाईँ र गोरखाको भिमसेन–१ का २३ वर्षीया सन्तोष पाण्डेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ लाख रुपैयाँ बराबरको चोरीको बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए ।

उनीहरुको घरबाट करिब ५ लाख रुपैयाँ बराबरको थप चार बोरा भाडा समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस