पानीको नहरमा डुबेर वृद्धको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पानीको नहरमा डुबेर वृद्धको मृत्यु


१३ बैशाख २०७५, बिहिबार


नुवाकोट । विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ ।

७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस