लागुऔषधसहित जोर्डन नागरिक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषधसहित जोर्डन नागरिक पक्राउ


१२ बैशाख २०७५, बुधबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१६ सातघुम्तीबाट प्रतिवन्धित लागुऔषधसहित जोर्डन नागरिकलाई पक्राउ गरेको छ ।

शंकास्पद गतिविधी गरिरहेको अवस्थामा राहदानी नम्बर ०३२३५२३ भएका जोर्डन नागरिक याजेड नारेल अल–सराहलाई इम्फैटमिन १४ थान ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस