प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ


१२ बैशाख २०७५, बुधबार


काठमाडौं– प्रतिबन्धित लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ प्रतिबन्धित नाइट्रोभेट र ट्रमा बेचविखन गर्न हिडेका कामपा ६ सरस्वतीनगरका २१ वर्षीय इभेन्ट प्रसाई र २६ वर्षीय प्रविन थापालाई महानगरीय प्रहरी वृत बौद्ध र प्रहरी प्रभाग कपनको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नाइट्रोभेट ९ सय क्याप्सुल र ६ सय ट्रमा क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरी वृद्ध बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस