२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्यात बढाउन आयात प्रतिस्थापन : वाणिज्यमन्त्री यादव

अ+ अ-

सुर्खेत – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको आयात प्रतिस्थापनाका लागि निर्यात बढाउने बताएका छन् ।

प्रेस सेन्टर कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘नेपाल अहिले पनि आयातमा बढी निर्भर भएको हुँदा निर्यात बढाउन लघु, साना, मझौला र ठूलो उद्योगका साथै कृषि उत्पादनमा वृद्धि गर्नुपर्दछ ।’

मन्त्री यादवले कर्णाली प्रदेशमा शुन्य दशमलव शुन्य दुई प्रतिशत उद्योग मात्र रहेकामा यो क्षेत्रको औद्योगिक विकासमा केन्द्र सरकारले सहयोग गर्ने बताउँदै वाम गठबन्धनको सरकारले भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियान अघि सारेको छ भने ।

यातायात क्षेत्रमा चुनौतीका रुपमा देखिएको सिण्डिकेट सरकारले निर्णय गरेर तोडेको बताउँदै उनले बहुदल आएसँगै खुला बजार नीति, आर्थिक उदारीकरण र निजीकरणको विस्तार हुँदा विशेषगरी निजीकरणका नाममा राष्ट्रियता बेचिएको धारणा व्यक्त गरे ।

मन्त्री यादवले नीति र नेतृत्व फेरिए पनि संरचना पुरानै भएको उल्लेख गर्दै पहाडमा बाटोघाटो पु-याउन र उद्योगधन्दा स्थापना गर्न सके यो क्षेत्र आर्थिक हिसाबले सम्पन्न हुने बताए ।

रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउन काम थालेको बताउँदै उनले सरकारी, निजी क्षेत्र र आम जनताको सहमागिताबाट उद्योग क्षेत्रमा नमूना विकास अबधारणा शुरु गर्ने विचार व्यक्त गरे ।

मन्त्री यादवले सरकारले हरेक क्षेत्रमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्ने नीति लिएको छ, यसले पनि मुलुकको समृद्धिमा सहयोग पुग्नेछ भन्दै मुलुकका सबै क्षेत्रमा देखिएको सिण्डिकेट तोडेरै छाड्ने बताए ।

‘हिजो कर्णाली प्रदेश गरीब थियो, आज पनि छ तर भोलि हुने छैन, यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको आपसी समन्वय बलियो हुनुपर्नेछ,’ उनले भने, ‘यदि मुलुकले खोजेको आवश्यकताअनुसार मन्त्री, चालक होइन, खलासी बनेर काम गर्न तयार हुनुपर्दछ ।’

नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री यादवले दुई धारका पार्टीको संयोजन हुन केही समय लागे पनि व्यवस्थित रुपमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस