भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १२ माघ २०७८, बुधबार
   

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी


१२ बैशाख २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन्।

उनले आज ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस