जनप्रतिनिधिको मर्यादाक्रममा आपत्ति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जनप्रतिनिधिको मर्यादाक्रममा आपत्ति


१२ बैशाख २०७५, बुधबार


काठमाडौं । गाउँपालिका महासंघले सरकारले तय गरेको जनप्रतिनिधिको मर्यादाक्रमप्रति आपत्ति जनाएको छ ।

कर्मचारी भन्दा निर्वाचित जनप्रतिनिधिलाई तल्लो मर्यादामा राखिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

निर्वाचित जनप्रतिनिधिलाई हिनताबोध गराउने ढंगको मर्यादाक्रम मान्ने नहुँने बताउँदै महासंले यसको पुनरावलोकन गर्न माग गरेको छ ।

संविधानले गाउँपालिका नगरपालिकालाई समान हैसियत प्रदान गरेपनि वरियताक्रम निर्धारण गर्दा नगरपालिकाका मेयरभन्दा गाउँपालिका अध्यक्षलाई निकै तल राखिएकोप्रति महासंघले आपत्ति जनाएको छ ।

महासंघले गाउँ भएकै आधारमा स्रोत साधान व्यवस्थापन तथा जननिर्वाचित प्रतिनिधिहरुबीच विभेद नगर्न आग्रह गरेको छ ।

गाउँपालिका महासंघले केही सरकारी कार्यालयहरु नियतवश नामसमेत फेरेर जिल्लामै राखिएको भन्दै तत्काल गाउँ पठाउन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहलाई असफल पार्न केन्द्र र प्रदेश सरकारका अंगहरु समेत लागे आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस