पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । रक्षामन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताए ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे । मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए ।

‘हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ । यही आधारमा एकतामा जानुपर्छ । एकताबाट भागेर कहाँ जाने ?’ उनले भने, ‘बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ ।’

विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै उनले भने – सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्नेछ । जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन । सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने पनि उनले स्पष्ट पारे ।

मुस्लिम समुदायलाई संगठित गर्ने र अधिकार दिलाउने काममा एमाले जति अरु दलले अगुवाइ नगरेको जिकिर पनि उनले गरे । संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस