शेयर बजार दोहोरो अंकले घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शेयर बजार दोहोरो अंकले घट्यो


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ ।‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ ।

आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७.७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस