२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपिनाम्पामा पर्यटक आगमनमा कमी

अ+ अ-

दार्चुला ।  पर्यटकीय सम्भावना अत्यधिक भए पनि अपिनाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य बन्न सकेको छैन । जैविक विविधता भएको अपिनाम्पामा प्रचारप्रसार अभावका कारण पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरु बताउँछन् । चालू आवको हालसम्ममा ६ जना मात्र पर्यटक भित्रिएको अपिनाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत पेम्वा शेर्पाले बताए ।

गतवर्ष २५ विदेशी पर्यटकले अपिनाम्पाको अवलोकन गरेका थिए । बाह्य पर्यटक अपि हिमाल आरोहण तथा अवलोकनका लागि तथा संरक्षणभित्रका वन्यजन्तु हेर्न आउने गरेका छन् । यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी आएको छ । संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, व्याँस हिमाललगायत थुपै्र हिमशृङ्खला रहेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र सात हजार १३२ मिटर उचाइसम्म फैलिएको छ ।

अध्ययनअनुसार अपिनाम्पाभित्र ३० भन्दा बढी प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातिका चरा तथा ५०० भन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् । संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत वन्यजन्तु रहेका छन् ।

यसैगरी डाँफे, मुनाल, चिल, च्याखुरा, हलेसो, भ्याकुरलगायत २०० भन्दा बढी प्रजातिका चरा रहेको शेर्पाले बताए । जिल्लामा पथप्रदर्शक तथा सुविधायुक्त होटलको अभाव छ । होटल व्यवसायी तालीमप्राप्त नहुनु, भरियालाई तालीम नदिइनु र पथप्रदर्शक उत्पादन हुन नसक्दा पर्यटन विकासले फड्को मार्न नसकेको शेर्पा बताउँछन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयसँग समन्वय गर्दै कैलाश पवित्र भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ । सो कार्यक्रमले स्थानीयवासीको जीविकोपार्जनको स्तर माथि उकास्न अल्लो प्रशोधन तथा बजारीकरण, लोक्ताबाट हाते कागज बनाउने काम, जम्बु खेती, स्याउ खेती, चिउरी घिउ उत्पादनजस्ता कार्यक्रम सञ्चालन गरेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस