योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल नियुक्त


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले कँडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका कँडेल स्थायी कमिटीका पदेन सदस्य हुन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका कँडेल अर्थविद् हुन् ।  अध्यक्षसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस