गुणस्तरीय शिक्षा प्रदान गर्न कांग्रेसका नेता सिंहको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुणस्तरीय शिक्षा प्रदान गर्न कांग्रेसका नेता सिंहको आग्रह


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताए ।

रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे। सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस