२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदाचार भर्सेस भ्रष्टाचार

अ+ अ-

नेपाली आकाश घरी भ्रष्टाचारको कालो बादलले छपक्कै छोपिन्छ । घरी अनियमितताको बाक्लो हुस्सुले डम्म ढाकिन्छ । सदाचार र अनुशासनको बादलले सुशासनको वर्षा कहिले गराउला भनेर पर्खनु परेको अवस्था छ । सुशासनको अभाव, अनियमितताको दवाव र भ्रष्टाचारको प्रभाव बिघ्न रुपमा राज्यका हरेक क्षेत्रमा आक्रमण गर्दैछ । आतंकवाद, मानबेचिवखन र जलवायु परिवर्तनपछि विश्व जगतमा बर्निङ्ग इस्सुको रुपमा अगाडी बढेको भ्रष्टाचार सीमाविहिन भन्दैछ । अब, कुनै राज्य र संगठनको काबुमा रहेन ।

विधि र कानूनका कुरा त अलि परका कुरा भए । सुन्दा सामान्य लाग्ने भ्रष्टाचारकोे गति खरायोको रेसमा हुन्छ । भने सुन्दा कर्णप्रिय लाग्ने सुशासनको गति कछुवाको तालमा छ । कुनै बेला राज्यको कुन क्षेत्र संक्रमित हुने हो पत्तो नै हुदैन । यो यस्तो संघिन हो, जसलाई जुनसुकै बेला पनि राज्यलाई बलात्कार गर्न प्रयोग हुन सक्छ । र, यसले राज्यको अस्थित्वलाई समेत संकटमा पारी दिन्छ सक्छ । भ्रष्टाचारको न्यूनिकरण विना सम्वृद्धिको कल्पना गर्न सकिदैन । भ्रष्टाचारको न्यूनिकरण, पारदर्शीता, अद्धितीय विकास र कानूनको शासन विना सम्वृद्धि प्राप्त हुँदैन । विश्व सम्वृद्धि सूचकांक २०१७ अनुसार नेपाल १ सय ४९ देश मध्ये सूचिको ८९ औं स्थानमा पर्दछ । यसले नेपालको सम्वृद्धितर्फको यात्रा असम्भव नदेखाए पनि सहज भने देखाएको छैन । नारामा लेखेको जस्तो, भाषण गरे जस्तो र ब्यानरमा लेखे जस्तै सजिलै रुपमा प्राप्त हुँदैन सम्वृद्धि । यसको लागि सदाचार, अनुशासन र सफा आचारणको खाँचो पर्दछ । प्रस्तुत आलेखमा नेपालमा भ्रष्टाचारको कारण, अवस्था र भ्रष्टाचारमा संलग्न पक्षको बीचमा चर्चा गरिएको छ ।

सदाचार र भ्रष्टाचार
सुन्दर व्यवहार, पवित्र कर्म र सफा चलन नै सदाचार हो भने खराब आचरण, कुख्यात मनोदशा, प्रदुषित आत्म र लोभी–पापी मनले निर्देशन गरेर गरिएको कार्य भ्रष्टाचार हो । संगठनमा साङ्गठनिक अनुशासन कायम हुन नसकी नैतिकताको खडेरी उत्पन्न भई गरिएको कर्मलाई भ्रष्टाचारको रुपमा लिन सकिन्छ । नेपालको संविधान र भ्रष्टाचार निवारण ऐनले सार्वजनिक संगठन र पदाधिकारीले गरेको कानून विपरितको कार्यलाई भ्रष्टाचार भए नभएको छानविन गर्ने संवैधानिक एव कानूनी व्यवस्था भएता पनि यस भन्दा अलि पर गएर हेर्ने हो, बाँकी क्षेत्रको भ्रष्टाचार हाम्रो कानूनी व्यवस्थाले भ्रष्टाचार ठहर गर्दैन । जुन क्षेत्र, जहाँ अनिमितता र भ्रष्टाचारको गन्ध आइरहेको हुन्छ ।

सुशासन नागरिकहरुले अनूभूति गर्ने, स्पर्श गर्ने र अनुभव गर्ने विषय भएकाले राज्यका हरेक क्षेत्रबाट उनिहरुले त्यस प्रकारको अनूभूति गर्ने कार्यव्यवहार होस् भन्ने चाहन्छन् । राज्यका हरेक क्षेत्रको कार्य व्यवहार न्यायिक र सन्तुलित किसिमको हुनु पर्दछ । नागरिकले राज्यबाट विभेदपूर्ण, अन्ययापूर्ण र अविवेकपूर्ण व्यवहार नहोस् भन्ने चाहन्छन् । व्यवस्था राम्रो गरे पनि अवस्था खराब भएको अनूभूति गर्न लोकतान्त्रिक राज्यमा कसैलाई पनि प्रदान गरिनु हुँदैन । राज्य सबैका लागि र सधैका लागि आफ्नो लाग्नु पर्दछ, बिरानो बनिदिनु हुँदैन । राज्यका सरकारी क्षेत्र, निजी क्षेत्र र गैसस क्षेत्रहरुले आफ्नो लाग्ने किसिमको व्यवहार सेवा प्रवाहको सिलसिलामा गर्नु पर्दछ । सेवा प्रवाहमा तटस्थताको सिद्धान्त प्रयोग हुनु पर्दछ । संगठनका व्यवहार, कार्यकलाप, चालचलन र तिनिहरुको चरित्र पनि तटस्थ देखिनु पर्दछ । यसो गर्दा एकातर्फ राज्य आफ्नो लागि भन्ने नागरिकमा अनुभूति हुन गई साख अभिवृद्धि हुन्छ भने अर्कोतर्फ सुशासनको सुगन्ध यसै मार्फत फैलिन थाल्छ । रुखो र तितो व्यवहारले नागरिकमाझ राज्यको विश्वास टुटि सकेको हुन्छ । जो पुनः आर्जन गर्न निकै हम्मे हम्मे पर्दछ ।

कसले गर्छन् भ्रष्टाचार ?
भ्रष्टाचार अन्य अपराध जस्तो निरक्षर र सामान्य व्यक्तिले गर्ने अपराध होइन । यो साक्षर, बुद्धिजीवी र विद्यत् वर्गहरुले गर्ने धन्दा हो । यसलाई बौद्धिक उपराध, उच्चकोटीको अपराध पनि भनिन्छ । यसमा टाठाबाठा र सुकिलामुकिला व्यक्तिहरुको संलग्नता रहेको हुन्छ । सार्वजनिक पद पाएका, प्रतिष्ठा कमाएका र राज्यले विश्वास गरेका मानिसहरु संलग्ने हुने गर्दछन् । सार्वजनिक अधिकार र शक्ति प्राप्त, स्रोतसाधनमा पहुँच राख्ने र राज्यकोषको परिचालन, व्यवस्थापन र संचालन गर्ने निकायमा रहेका जुन सुकै व्यक्ति र पात्रबाट हुन सक्छ । जसरी हतियारधारी व्यक्तिसँग अपराधको डर हुन्छ त्यस्तै स्रोत साधनप्राप्त व्यक्तिसँग पनि भ्रष्टाचारको डर हुन्छ । यो अन्य अपराध जस्तो जुन सुकै व्यक्तिले जति बेला पनि घटाउन सक्ने हुँदैन । यो त जाने बुझेकाले मात्र गर्ने हैसियत राख्छन, जो त्यो पनि शासन सत्ताको पेरीफेरीमा रहेकाहरुले मात्र । यस्तो अपराध नेपालको हकमा नीति निर्माण तह र नीति कार्यान्वन गर्ने (फ्रन्ट लाइन) मा हुने गर्दछ ।

कुन पक्ष जिम्मेवार हुन्छन, भ्रष्टाचार गर्न ?
भ्रष्टाचारमा मागकर्ता र आपूर्तिकर्ता गरी दुवै पक्ष उत्तिकै जिम्मेवार हुन्छन् । जसरी एक हातको ताली बज्दैन त्यसरी नै एक पक्षबाट मात्र भ्रष्टाचार सम्भव हुँदैन । भ्रष्टाचार आफैमा संगठति अपराध भएकोले यसको लागि बहुलपात्र र निकायको अनुचुति अनैतिक साँठगाँठ भएको हुन्छ । भ्रष्टाचारमा घुस लिने र दिने दुवै पक्ष दोषी र जिम्मेवार हुन्छन् । नेपालमा घूस लिने मान्छे मात्र दण्डित भएको घटनामात्र छन् भने घूस दिने मान्छे दण्डीत भएको अवस्था छैन । र, हाम्रोमा घूस खाने मात्रै अलि बढी जिम्मेवार हो भन्ने परेको छ । भ्रष्टाचार गर्न उद्धत गर्ने, भ्रष्टाचारीलाई सम्मान गर्ने, प्रलोभमा पारी भ्रष्टाचार गर्न बाध्य बनाउने पक्ष र घूस लिने पक्षहरु बराबर जिम्मेवार हुन्छन । हुनप र्दछ । दुवै पक्ष समान रुपले दण्डित गरिनु पर्दछ । एउटा पुरस्कृत र अर्को दण्डीत हुने व्यवस्था कायम रहे सम्म भ्रष्टाचार बढीरहन्छ । छिटो सेवा गरिदिए बापत दिने, लिने शूल्क र कानून विपरितको कार्य गरिदिएर ,गर्न लगाएर लिने दिने घुस रिसवतमा दुवै पक्ष दण्डको समान भागी हुन्छन् ।

किन हुन्छ, भ्रष्टाचार ?
भ्रष्टाचार किन हुन्छ, यो प्रश्न अनुत्तरित प्रश्न हो । कोही सेवा सुविधा र तलवको कमी, कोही सामाजिक सुरक्षाको अवस्था कमजोरको कारणले भन्छन् भने कोही विवेक शुन्य रहँदासम्म भ्रष्टाचार हुन्छ, भन्छन् । तर, यर्थातमा नकमाउने भन्दा अवैध भए पनि कमाउने सन्तानलाई माया गर्ने सामाजिक संस्कार, महंगो स्वास्थ्य र शिक्षा उचित किसिमको परिवार धान्न नसक्ने तलब, संक्रमणकालिन अवस्था, महंगो चुनाव, भड्किलो जीवनशैली, देखासीखी र धनदौलत तथा वैभबंगाला प्रतिको मोहको कारण नै भ्रष्टाचार हुने गर्दछ ।

समाजको काख र कोखमा हुर्के बढेको भ्रष्टाचार राज्यको आँगनमा बुर्कुसी खेल्दैछ । धेरै जानि, थोरै नजानि हामी भ्रष्टाचारको माद र उन्मादलाई टुलुटुल हेरिरहेका छौ । आनन्द लिइरहेका जस्तै देखिन्छौ । सामाजिक व्यवस्था अनुसारको अवस्थाले पनि भ्रष्टाचार गर्न उद्दत गरेको हुन्छ ।

कस्तो छ, नेपालमा भ्रष्टाचारको अवस्था ?
भ्रष्टाचारको विश्व परिदृष्यमा नेपालको अवस्था दयनीय छ । जर्जर छ । ट्रान्सप्यारेन्सी इन्टरनेशनलले निकाल्ने वार्षिक प्रतिवेदनमा नेपाल सधै अनूत्तिर्ण भएको सर्टिफिकेट प्राप्त गर्ने गरेको छ । सन् २०१७ मा ट्रान्सप्यारेन्सी इन्टरनेशनलले प्रकाशित गरेको भ्रष्टाचार सूचकांकमा नेपाल विश्वका एक सय असी देशमध्ये सयमा कूल ३१ अंक प्राप्त गरी सूचिको १ सय २२ औ स्थानमा परेको छ । त्यस्तै सार्क देशहरुमा भ्रष्टाचार हुने तेस्रो मुलुकमा दर्ज भएको छ । सार्कमा भुटान सबैभन्दा कम भ्रष्टाचार हुन मुलुको रुपमा उभिएको छ भने अफगानिस्तान सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको रुपमा ढलेको छ ।

ट्रान्सप्यारेन्सी इन्टरनेशनलले सयमा चालिसभन्दा कम अंक ल्याउने मुलुकलाई सबैभन्दा खराब भ्रष्टाचार हुने मुलुकको रुपमा राखेको छ । विश्वमा सबैभन्दा धेरै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा न्यूजिल्याण्ड रहेको छ भने सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको रुपमा सोमालिया रहेको छ । यसर्थ हामी भ्रष्ट मुलुक हौं ।
सन् २०१२ पछि नेपाल भ्रष्टाचारको विश्व सूचकांकमा निम्न अवस्थामा रहेको छ ।

अन्त्यमा
वर्तमानको डिजिटल युगमा, कुनै पनि राज्यलाई बाह्य चुनौतिको त्यति भय हुँदैन, जति आन्तरिक चुनौतिको भय हुन्छ । किनकी यस युगका राज्यहरु कुनै न कुनै रुपमा अन्तरसम्बन्धित हुन्छन् । तर भ्रष्टाचार नियन्त्रण आन्तरिक चुनौती बन्दैछ । फटाहा, भ्रष्ट र गुण्डाहरुको झुण्डले राज्यपदाधिकारीलाई लोभ, प्रलोभन र प्रभावमा पारी निर्देशित र परिचालन गर्ने अवस्था आए फेरी भ्रष्टाचारको शुली बढ्ने निश्चित छ ।
तुलनात्मक रुपमा विगतका सरकारभन्दा वर्तनमा सरकार र त्यसको नेतृत्वले भ्रष्टाचार नियन्त्रणमा सार्थक रुपमा प्रस्तुत हुने अभिव्यक्ति जाहेर भएको छ त्यो आफैमा सुन्दर छ । अब त्यो प्रतिवद्धता विलाउने र हराउने नभई कार्यान्वयन भएको अवस्थामा सुशासनको मुना पल्वित हुने विश्वास गर्न सकिन्छ ।

राजनीतिक प्रतिवद्धता र प्रशासनिक सकृयता बिना भ्रष्टाचार घटाउन सकिँदैन । अतियमितता रोक्न सकिदैन । यसको लागि दृढ राजनीतिक संकल्प, प्रशासनिक प्रतिवद्धता आवश्यक पर्दछ । यस्तो संकलपले भ्रष्टाचार छाप मेटाई अवाञ्छित र अनियमित रोकी सुशासन कायम गर्न सकिन्छ ।

अतः भ्रष्टाचार हटाउन सकिने विषय होइन घटाउन सकिने विषय हो । त्यसकारण राज्यको जोडफल पनि घटाउन तर्फ नै केन्द्रित हुनु पर्दछ । सुशासन र भ्रष्टाचार बीचको लडाईमा दुवै पक्षले जित्ने हुँदैन । की सुशासन जित्ने की भ्रष्टाचारले हुन्छ । भ्रष्टाचार परास्त भई सुशासनको विजय भई सम्वृद्धिको यात्रा अविराम होस् कामना ।

प्रतिक्रिया दिनुहोस