‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’


१० बैशाख २०७५, सोमबार


काठमाडौं । निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी भर्खरै मात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा. यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा भएको घटनाको यथाशीघ्र छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

आइतबार राति डा. यादवको निवासमा विष्फोट हुँदा निजी निवासका पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस