अब ट्याक्सी र मिनिबसको सिण्डिकेट पनि तोडिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब ट्याक्सी र मिनिबसको सिण्डिकेट पनि तोडिने


१० बैशाख २०७५, सोमबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब ट्याक्सी र मिनिबसको सिण्डिकेट समेत तोड्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरिएको भए पनि अहिले त्यसको कार्यान्वयन गराइएको बताए । उनले अब मिनिबस र ट्याक्सीको सिण्डिकेट पनि खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित गरिने बताए ।

‘पर्यटक र आम सर्वसाधारणले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनु पर्छ’, उनले भने, ‘सरकार सोही अनुसार अघि बढिरहेको छ ।’ उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर वैकल्पिक व्यवस्था अपनाउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस