उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु


१० बैशाख २०७५, सोमबार


बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ ।

चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् ।

आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फ पर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताए ।

उनले भने, ‘हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ ।’

चिनियाँ राज्यद्धारा सञ्चालित सञ्चार माध्यम सिजीटीएनले शुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार संप्रेषण गरेपनि पछि भने समाचार नै हटाएको छ ।

समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस