जेसीआई काठमाडौं लेडी नेपालको जेसीज सप्ताह शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जेसीआई काठमाडौं लेडी नेपालको जेसीज सप्ताह शुरु


१० बैशाख २०७५, सोमबार


काठमाडौं । जेसीआई काठमाडौं लेडी नेपालको जेसीज सप्ताह आइतबारदेखि शुभारम्भ भएको छ । काठमाडौंको हनुमान ढोकास्थित कुमारी, गणेश र भैरवको क्षमा पुजा तथा लाखवत्ति प्रज्वलन गरी कुमारी घर वसन्तपुरबाट शुरुवात भएको साताव्यापी कार्यक्रम हप्ता दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ ।

हरेक वर्ष नयाँ वर्षको शुरुवातसँगै सप्ताह कार्यक्रम गर्दै आएको जेसीआई काठमाडौं लेडि नेपालले यस पटक केही ढिलो गरी कार्यक्रमको शुभारम्भ गरेको छ ।

अध्यक्ष जेसी मनिता जोशीको अध्यक्षतामा शुरु उक्त सप्ताहव्यापी कार्यक्रममा एक दिने नेतृत्व विकास तालिम, झोल सावुन बनाउने तालिम, नृत्य प्रशिक्षण, सौदर्य, अन्तरक्रियालगाएत विभिन्न कार्यक्रमहरु गरी मनाइने उपाध्यक्ष जेसी शान्ति केसी जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस