नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश


९ बैशाख २०७५, आइतबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गर्नुभएको छ ।

बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०७४/७५का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशसभाको आजै बस्ने बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । रासस

प्रतिक्रिया दिनुहोस