स्थापना दिवसकै दिन राजपा नेपाल फुट्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थापना दिवसकै दिन राजपा नेपाल फुट्यो


७ बैशाख २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रिय जनता नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नयाँ पार्टी घोषणा गरेका हुन् । पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस