२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णय विपरीत गुड्ने यातायातका साधनलाई कारबाही गरिने

अ+ अ-

झापा । स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ ।

नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण तथा दैनिक जनजीवनमा असर पर्न गएको गुनासो नगरवासीले गरेपछि नगर बोर्डको गत फागुन २७ गते सम्पन्न बैठकले गत मंगलबारदेखि लागू हुनेगरी सो सडकमा बिहान ९ देखि १० बजेसम्म, दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म र राति ९ देखि बिहान ५ बजेसम्म त्यस्ता ढुवानी गर्ने सवारी साधन गुड्न रोक लगाएको हो ।

नगरपालिकाका मुख्य सडक

नगरपालिकाको तथ्यांक अनुसार बिर्तामोड–महानन्दचोक–शनिश्चरे–जयपुर सडक, बिर्तामोड–शनिश्चरे–खुदुनावारी सडक, चारपाने–ओमचोक–नारायणचोक–हात्तीकिल्ला–बरडाँडा–बुधबारे सडक, लक्ष्मीपुर–पानीकल–रातेखाल–तामाङचोक–मदनपुर सडक र दुर्गापारी–दानाबारी सडकलाई मुख्य सडक मानिएको छ ।

यसैबीच शनिश्चरे प्रहरी चौकीका सुरेशकुमार संग्रौला र ट्राफिक बिट प्रमुख प्रहरी हबल्दार दलबहादुर खत्रीको संयुक्त जाँच टोलीले आज १७ वटा ट्रिपर तथा ट्र्याक्टर नियन्त्रणमा लिइएको चौकीका प्रमुख संग्रौलाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका ती साधनलाई पहिलोपटक सचेत गराई छोडिएको र फेरी निषेध गरिएकोे समयमा चलाएको नगरपालिकासँगको समन्वयमा कारबाही गरिने हवल्दार खत्रीले बताए ।

यता अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सो निर्णय कार्यान्वयन गर्न आफू लाग्ने बताए । रासस