२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो

अ+ अ-

काठमाडौं । उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको -याली’ मा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले समाज रुपान्तरणका लागि प्रहरीको सेवाले मात्रै नपुग्ने भन्दै यसमा आम समुदायको सहयोग आवश्यक रहेको बताए । परिसरका प्रमुख पोखरेलले महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बसपार्क क्षेत्रमा दिनहुँ मानव बेचबिखन र यौनजन्य दुव्र्यवहार बढ्दै गएको भन्दै यसलाई रोक्न नगरपालिका प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष शैलेश कार्कीले महिलामाथि हुने यौन हिंसा कमी गर्दै समाज रुपान्तरणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

प्रभागका प्रमुख प्रताप पौडेलले मानव बेचबिखन र यौनजन्य घटना रोक्न प्रभागले गोङ्गबु क्षेत्रमा रहेर महिलाको हकहितमा काम गर्ने संघसंस्थासँग समन्वय गरी संयुक्त -याली सञ्चालन गरेको स्पष्ट पारे ।

-यालीमा मित्रनगर टोल विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, संस्कार समाज नेपाल, धनेश्वरी आमा समूह, महिला उपकार समाज सुधार मञ्च, समाज उत्थान महिला मञ्च, महिलाका लागि महिला मञ्च, शक्ति समूह गोङ्गबु, जनकल्याण सामाजिक केन्द्र, सयपत्री आमा समूह, स्वेत सदन बोर्डिङ स्कूललगायत संघ संस्थाका झण्डै एक हजार जनाको सहभागिता रहेको थियो । रासस