कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला


७ बैशाख २०७५, शुक्रबार


काठमाडौैं । काठमाडौैं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गरेका छन् ।यसअघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई कामपाको यस पदमा पठाउने गरेको थियो । १६ वर्ष सरकारी सेवामा काम गरिसकेका कोइरालाले गृह प्रशासन, सामान्य प्रशासनसँगै इलाम जिल्लाको तत्कालीन स्थानीय विकास अधिकारी भएर स्थानीय सेवाको अनुभव हासिल गरेका छन् ।

पदबहाली पछि बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र महानगर म आफैँ बनाउँछु भनेर प्रतिबद्धता जनाउन अधिकारीलाई आग्रह गरे ।विविधतापूर्ण महानगरमा एकीकृत र योजनाबद्ध सेवा दिन र जनप्रतिनिधिले बनाएका नीति कार्यान्वयन गर्न सदैव तत्पर रहनुपर्नेमा पनि उनको जोड रहेको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को चैत २० गते निर्णयअनुसार कोइरालाले गत सोमबार महानगरमा पदबहाली गरेका हुन् ।

कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको सरुवा भएसँगै कोइराला आएका हुन् । गत भदौमा कामपा आएका शर्मा अर्थ मन्त्रालयअन्तर्गत ठूला करदाता कार्यालयको नेतृत्व समाल्दै छन् ।रासस

प्रतिक्रिया दिनुहोस