२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको समीक्षा बैठक पुनः आज बस्दै

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो । यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राखेका थिए । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले नराम्र्रो हार व्यहोरेको थियो ।

काँग्रेसको यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ । रासस