पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ ।

पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुले छलफल गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस