सिन्डिकेट तोड्ने सरकारी निर्णयको उद्योग वाणिज्य महासंघद्वारा स्वागत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिन्डिकेट तोड्ने सरकारी निर्णयको उद्योग वाणिज्य महासंघद्वारा स्वागत


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले यातायात क्षेत्रको सिन्डिकेट तोड्ने सरकारी निर्णयलाई स्वागत गरेको छ ।

महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि माग गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रसँग सम्बन्धित संघ/संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णयको स्वागत गरेको जनाएको छ ।

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले व्यक्त गरेको छ ।

साथै ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघको छ ।

‘सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसँग सम्बन्धित संघ/संस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ आग्रह गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस