२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

अ+ अ-

लमजुङ । बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो ।

क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उनको भनाइ छ ।

‘हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ’ गुरुङले भने । टोलीमा लमजुङ, कास्की, स्याङ्जा, पर्वत, गोरखालगायत पुख्र्यौली गाउँ घर भई हाल बेलायत बस्दै आएका गुरुङ समुदायको सहभागिता रहेको छ । क्होलासोंथरमा पुगेर गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलोको अवलोकन तथा अध्ययन गर्ने तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए।

क्होलासोंथरलाई सरकारले विश्व सम्पदा सूचीमा राखेर यसको संरक्षण र संवर्दनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन् । यस्ता ऐतिहासिकस्थलको संरक्षण सम्वद्र्धन हुनसके पर्यटन प्रवर्दन र विकासमा सहयोग पुग्ने उनीहरुको धारणा छ ।

उनीहरु पोखराबाट बेँशीशहर हुँदै घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै क्होलासोँथर पुगेका हुन् । भुजुङसम्म जीप चढेर यात्रा गरेको टोलीले भुजुङबाट भने लेकको बाटो हुँदै चार दिन पैदलयात्रा गरेको थियो । क्होलासोंथरबाट कास्कीको सिक्लेस, ताङतिङ भएर आठौँ दिनमा पोखरा पुगेर यात्रा टुंगिने भ्रमण टोलीका संयोजक एवं तमु धीं युकेका सल्लाहकार एकेन्द्र गुरुङले बताए ।

टोलीलाई तमु ह्यूला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् लमजुङ, दक्षिण एशियाकै नमूना घलेगाउँ, तमु प्ये ल्हु संघ, पोंचुकों, भुजुङस्थित युम्पो विकास आमा समूह र लालीगुराँस युवा क्लबले छुट्टाछुट्टै स्वागत गरेका थिए ।