राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम


६ बैशाख २०७५, बिहिबार


मोरङ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले समुदायमा मेलमिलापसम्बन्धी तीनदिने पुनर्ताजगी तालीम बुधबारदेखि शुरु गरेको छ ।

तालीमको एक कार्यक्रमका बीच नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले उद्घाटन गर्दै नगरलाई मेलमिलापमैत्री बनाउने अभियानमा नगरपालिका लागिरहेको उल्लेख गरे । सो अवसरमा युएनएचसीआर दमक फिल्ड अफिसकी प्रोटेक्सन अफिसर क्याथरिन हेरिसले मेलमिलापको महत्व दर्शाए । कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष नगरप्रमुख दिलीपकुमार राईले मेलमिलापकर्ताको भूमिकाले नगरको समग्र न्याय र मेलमिलापको अवस्था दर्शाउने हुँदा मेलमिलापकर्तालाई बेलाबखत पुनर्ताजगी गराउन आवश्यक रहेको उल्लेख गरे ।

तालीममा नगरका १० वटा वडामा रहेको मेलमिलाप केन्द्रका तीन/तीन जना र वडा नम्बर १० मा रहेको भूटानी शरणार्थी शिविरबाट सातजना गरी ३७ जनाको सहभागिता रहेको छ । कानून व्यवसायी नारायणप्रसाद भट्टराई र अमृतबहादुर बुढाथोकीले तालीमको सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस