पूर्वरजिष्ट्रारको निधनको शोकमा त्रिवि बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वरजिष्ट्रारको निधनको शोकमा त्रिवि बन्द


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने भएका छन् ।

त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

क्याम्पस बन्द भएपछि पठनपाठन समेत नहुने भएको छ । तर नियमित परीक्षा भने सञ्चालन हुनेछ । पूर्व रजिष्ट्रार श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । उनी २०५५ फागुन १८ देखि २०५९ फागुन १७ गतेसम्म त्रिविको रजिष्ट्रार पदमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस