२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

अ+ अ-

जाजरकोट । यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको राजश्व घाटा लागेको छ ।

जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनवेद, सुगन्धवाल, तीतेपाती, जटामसी, चिराइतो, गुच्छी च्याउ, लौठ सल्ला, पाँच औले, सेतकचिनी जरा, बुकी फूल, कटुको, गुच्चीच्याउ, पदमचाललगायतका बहुमूल्य जडीबुटीको अबैध चोरी–पैठारी बढेको बारेकोट गाउँपालिका–५ का रामबहादुर शाहीले जानकारी दिए । चोरी–पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । रुकुम, डोल्पा र जुम्लाका नाका हुँदै जडीबुटीको तस्करी हुने गरे पनि रोक्नेतर्फ कसैले चासो दिएको पाइँदैन् ।

जाजरकोट–जुम्ला, डोल्पाको सिमाना चाखुरेमा सरकारी उपस्थिति नहुँदा चोरी–पैठारी हुने शाहीको भनाइ छ । खुला सिमानाका कारण तस्करले लाखौँ मूल्यको जडीबुटी अवैध रुपमा निकासी गर्दै आएका छन् । जथाभावी चोरी–निकासी बढ्न थालेपछि बारेकोटवासीले रोकथामका लागि पहल गरिदिन माग गरेका छन् ।

तस्करले लाखौँको राजश्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन । दिन प्रतिदिन चोरी–निकासी बढ्दै गएको छ । जिल्ला वन कार्यालयले गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार ५५३ केजी जडीबुटी संकलन गर्न सकिने उल्लेख छ तर गत आवमा दुई लाख ६९ हजार ७४३ केजी विभिन्न प्रजातिका जडीबुटी निकासी गरी १९ लाख ६७ हजार मात्र राजश्व संकलन भएको छ । कतिपय जडीबुटी संकलन नै नभएर जंगलमा खेर जाने गरेका छन् भने संकलन भएको मध्ये पनि धेरै जसो चोरी–निकासी हुने गरेको हो ।

सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत गरेका जडीबुटीसमेत निकासी भइरहेको स्थानीयवासीको भनाइ छ । खुला सिमानाका कारण अवैध चोरी–निकासी रोक्न समस्या भएको हो, अब चोरी–निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए । रासस