सिन्दूर जात्राको रौनक (फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्दूर जात्राको रौनक (फोटो फिचर)


२ बैशाख २०७५, आइतबार


भक्तपुर । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आइतबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर जात्रा मनाएका छन् ।

थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ स्थानीयले उक्त जात्रा मनाएका हुन् ।

थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । शनिबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो ।

फोटो फिचर

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस