महेन्द्रनगरद्वारा काठमाडौंलाई १४३ रनको लक्ष्य « प्रशासन
prasaLogo
२९ चैत्र २०७४, बिहीबार

महेन्द्रनगरद्वारा काठमाडौंलाई १४३ रनको लक्ष्य


प्रकाशित मिति : 12 April, 2018 3:19 pm

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौं गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौंले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो ।

पाँच ओभरमा मात्र १० रनको स्कोरमा महेन्द्रनगरले ६ विकेट गुमाउन पुग्यो । काठमाडौँका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पु¥याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए ।

मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।

बलिङतर्फ कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । सुवोथ भाटी र पुष्प थापाले एक÷एक विकेट लिए ।
अहिले काठमाडौं गोल्डेन्स १४३ रन पछ्याउँदै ब्याटिङ गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस