मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo १७ असार २०७९, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


२९ चैत्र २०७४, बिहिबार


बस दुर्घटना

दार्खा । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

धादिङको धुनबेँसी नगरपालिकाबाट महादेवबेँसीतर्फ जाँदै गरेको ना ५३ प ३०४८ नं को मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएपछि घाइते भएका गजुरेलको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस