२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

अ+ अ-

बाबियाचौर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले एक करोड २५ लाख जुटाएका हुन् । रासस

बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम वैशाख १ गते स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो ।

विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधासम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरेको समाजका हङ्कङ अध्यक्ष गिरी शेरपुञ्जाले बताउनुभयो । हङ्कङबाट हालसम्म रु ३६ लाख ५० हजार सहयोग जुटिसकेको बताउँदै शेरपुञ्जाले अभियान जारी रहेको जानकारी गराउनुभयो ।

सहयोग संकलन अभियानका बेलायत संयोजक नक्कु पुर्जाले कक्षा कोठा, कम्प्यूटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षका लागि भवन निर्माण गर्न चन्दा दाताले सहयोग घोषणा गरेको बताउनुभयो । विद्यालयका पूर्व प्रअ दूतबहादुर गर्बुजाका अनुसार कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत छन् ।

वैशाख १ र २ गते मनाइने स्वर्ण जयन्ती समारोहको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस