कोहलपुर बसपार्कमा महिला मृत फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोहलपुर बसपार्कमा महिला मृत फेला


२८ चैत्र २०७४, बुधबार


नेपालगन्ज । बाँकेको कोहलपुर बसपार्कमा आज बिहान एक महिलाको शव फेला परेको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–३ की २८ वर्षीया कल्पना शाही मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार मृतक शाही कोहलपुर बसपार्क वरपर बेलाबेलामा मदिराले मातिएको अवस्थामा भेटिने गरेकी थिइन् ।

मृतक शाहीका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र हाल शान्ति मिसनमा गएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस