नेपाल लाइफ इन्स्योरेन्स अठारौं बर्षमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल लाइफ इन्स्योरेन्स अठारौं बर्षमा


२८ चैत्र २०७४, बुधबार


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अठारौं बर्षमा प्रवेश गरेको अवसरमा शेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २८.५३ (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बुधबार बीरगंजमा सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४,३९,६९,२८,६४८ रुपैयाँ हुने कम्पनिले जनाएको छ । साधारण सभाले कम्पनीको अधिकृत पूंजी ८,००,००,००,००० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको कम्पनिका सचिव ओम प्रकाश पुडासैनीले बताए ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा खुशी ब्यक्त गरे । उनले बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समूहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास व्यक्त गरे ।

यसैगरि, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०.३० अनुपातलाई परिवर्तन गरी संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०.४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस