२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफ इन्स्योरेन्स अठारौं बर्षमा

अ+ अ-

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अठारौं बर्षमा प्रवेश गरेको अवसरमा शेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २८.५३ (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बुधबार बीरगंजमा सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४,३९,६९,२८,६४८ रुपैयाँ हुने कम्पनिले जनाएको छ । साधारण सभाले कम्पनीको अधिकृत पूंजी ८,००,००,००,००० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको कम्पनिका सचिव ओम प्रकाश पुडासैनीले बताए ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा खुशी ब्यक्त गरे । उनले बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समूहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास व्यक्त गरे ।

यसैगरि, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०.३० अनुपातलाई परिवर्तन गरी संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०.४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।