अपमानित भएर काम गर्न नसक्ने भन्दै खरेलले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अपमानित भएर काम गर्न नसक्ने भन्दै खरेलले दिए राजीनामा


२८ चैत्र २०७४, बुधबार


काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाँउदै डिआईजी रमेश खरेलले बुधबार राजीनामा दिएका हुन् ।

सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेर आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले अपमानित भएर काम गर्न नसक्ने बताएका छन् ।

राजीनामा दिनुअघि उनले खनाललाई बधाई दिएका थिए । खनालले खरेललाई राजीनामा नदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस