आईजीपी नियुक्तिका लागि साँढे सात बजे बोलाइयो मन्त्रिपरिषद बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आईजीपी नियुक्तिका लागि साँढे सात बजे बोलाइयो मन्त्रिपरिषद बैठक


२७ चैत्र २०७४, मंगलबार


काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ साँढे सात बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकले दुवै संगठनको आइजीपी नियुक्ति गर्ने प्रधानमन्त्री निकट स्रोतले प्रशासन डटकमलाई जानकारी गराएको छ । बुधवारदेखि नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कारण अनिवार्य अवकाश लिँदै गर्दा आइजीपी नियुक्तिको विषयले चर्चा पाउँदै आएको छ ।

नेपाल प्रहरीको आइजिपीका लागि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की इच्छुक देखिएका छन् भने सशस्त्र प्रहरी महानिरीक्षकका लागि शैलेन्द्र खनाल र पुष्पराम केसी इच्छुक छन् ।

प्रतिक्रिया दिनुहोस