वैज्ञानिक नभएको भन्दै नयाँ मर्यादाक्रम तोक्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैज्ञानिक नभएको भन्दै नयाँ मर्यादाक्रम तोक्न माग


२६ चैत्र २०७४, सोमबार


सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यले केन्द्रीय सरकारसँग नयाँ मर्यादाक्रम तोक्न माग गरेका छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा सदस्यले हालै सार्वजनिक गरिएको मर्यादाक्रम वैज्ञानिक नभएको जनाई तत्काल सच्याउन माग गरेका हुन् । बैठकको विशेष समयमा सदस्य गुलाबजंग शाहले हालै सार्वजनिक भएको मर्यादाक्रमले प्रदेश सांसदलाई कर्मचारीभन्दा तल राखेको छ भन्दै तत्काल सच्याएर नयाँ मर्यादाक्रम सार्वजनिक गर्न प्रदेश सरकारमार्फत संघीय सरकारलाई आग्रह गरे ।

सदस्य कृष्णा शाहले सरकारले ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरे पनि जाजरकोटेले सिटामोलसमेत पाउन नसकेकाले चिकित्सक र औषधिको तत्काल व्यवस्था गर्न माग गरे । रासस

प्रतिक्रिया दिनुहोस