चार घरमा आगलागी हुँदा लाखौँको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चार घरमा आगलागी हुँदा लाखौँको क्षति


२६ चैत्र २०७४, सोमबार


खोटाङ । आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा पदमराजको २४ लाख ३० हजार, अकिलराजको २५ लाख ७९ हजार, अगमराजको २४ लाख ५१ हजार, गमराजको २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, गोठ जल्दा गमराजको तीन बंगुर, ११ बाख्रा र आठ पाठा, अकिलराजको एउटा बाख्रा र नौ पाठा, पदमराजको दुई वटा बंगुर र चार वटा बाख्रा र अगमराजको दुईवटा बंगुर जलेर मरेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

आगलागीबाट बिचल्लीमा परेका पीडितलाई आइतबार राति नै पाल, चामल, नूनतेल, तरकारी, चिउरा, चाउचाउलगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । यसअघि हलेसी बजारमा भएको आगलागीमा १३ घर क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस