नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने


२६ चैत्र २०७४, सोमबार


काठमाडौ । नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर
(भियतनाम एक्स्पो) मा सहभागी हुने भएको छ ।

उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँ ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कक्ष राख्ने छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल आज भियतनामतर्फ प्रस्थान गरेको छ । चार दिनसम्म चल्ने उक्त एक्स्पोमा सहभागी विभिन्न राष्ट्रका व्यवसायीलाई नेपाली उत्पादनका बारे जानकारी गराउने र स्वदेशी वस्तु तथा सेवाको बजारीकरण र निर्यातका लागि उचित वातावरण बनाउन सहयोग पुग्ने बताइएको छ ।

विभिन्न मुलुकबाट उपभोग्य वस्तु अत्याधिक रुपमा आयात हुने र सोही अनुपातमा स्वदेशी वस्तु निर्यात हुन नसक्दा करीब रु नौ खर्ब बराबरको व्यापार घाटा ब्योहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस