२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु

अ+ अ-

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ ।

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए।

सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको छ । नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा खनालले भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो । नगरपालिका–१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घर भत्काइएको नगरपालिकाले जनाएको छ ।

दश महिनाको अवधिमा ३० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको नगरपालिकाले जनाएको छ । असारमा रत्ननगर नगरपालिका कार्यपालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो ।

विभिन्न व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यवाहक नगर प्रमुख विमला दुवाडीले बताए। नगरपालिकाले सौराहाचोकबाट उत्तरतर्फ सार्वजनिक जग्गा खोजी गरी त्यहाँ पार्किङ स्थल निर्माणको काम शुरु गरिसकेको छ । रासस