घुसकाण्डमा दुइ जवानसहित इन्सपेक्टर पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुसकाण्डमा दुइ जवानसहित इन्सपेक्टर पक्राउ


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७४, आइतबार


घुस

काठमाडौं । घुस काण्डमा सशस्त्र प्रहरी जवानसहित इन्पेक्टरलाई पक्राउ गरिएको छ । २५ हजार रुपैयाँ घुससहित २ प्रहरी जवान पक्राउ परेको घटनामा इन्सपेक्टरकै संलग्नता देखिएपछि तीनै जनालाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका इन्सपेक्टर काले बम्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

गत चैत १३ गते भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएका सशस्त्र प्रहरी जवान ठाकुर खत्री र नवीन खड्काको बयानका क्रममा इन्सपेक्टरकै निर्देशनमा घुस लिएको बताएपछि इन्सपेक्टर लामालाई पनि पक्राउ गरिएको आयोगले जनाएको छ।

उनीहरुमाथि विशेष अदालतबाट म्याद थगप लिइ अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस