२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्मरण सङ्ग्रह ‘हाँडीघोप्टे’ सार्वजनिक

अ+ अ-

काठमाडौं । साहित्यकार रामचन्द्र दाहालद्वारा लिखित संस्मरण ‘हाँडीघोप्टे’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । शनिबार वरिष्ठ छन्दकवि रमेश खकुरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कवि तथा साहित्यकार भुवनहरि सिग्देल, प्रा.डा. माधव पोखरेल, कवि तथा समीक्षक मित्रलाल पंगेनी र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका गरे ।

कार्यक्रमका प्रमुख अतिथि खकुरेलले हाँडीघोप्टेलाई आफ्नै आँखाले बारम्बार सडकमा देखेको अद्धभुद पात्र भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताए। ।

यस्तै कार्यक्रममा बोल्दै सिग्देलले हाँडीघोप्टेहरुको यथार्थ जीवन बुझ्न घरमा बसेर हैन सडकमै सुतेर मात्र थाहा पाइने भएकाले लेखक स्वयम् २ वर्षसम्मले भानुभक्तको सालिकमुनि रात बिताएर लेखिएकाले उत्कृष्ट भएको बताए । प्रा.डा. पोखरेलले यो पुस्तक कलमको मसिभन्दा बढी लेखकको आँसुले लेखिएको भन्दै पुस्तकका अंश घरपरिवारका माझमा बसेर पढ्दा आफैँ भावविह्वल भएर पढ्नै नसकेको स्मरण गरे ।

मित्रलाल पंगेनीले दाहालद्वारा लिखित हाँडीघोप्टे चरम दुःख र जीवन संघर्षको सजीव चित्रण भएको बताए । लेखक दाहालले २०३५ सालदेखि आफुले देखे भागेका घटना टिपोट गरेकाले यो कृतिको रुप लिन सफल भएको बताए ।

उक्त पुस्तको प्रकाशन शिखा बुक्सले गरेको हो । पुस्तकको मूल्य ३ सय रहेको छ ।