संस्मरण सङ्ग्रह ‘हाँडीघोप्टे’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संस्मरण सङ्ग्रह ‘हाँडीघोप्टे’ सार्वजनिक


२५ चैत्र २०७४, आइतबार


काठमाडौं । साहित्यकार रामचन्द्र दाहालद्वारा लिखित संस्मरण ‘हाँडीघोप्टे’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । शनिबार वरिष्ठ छन्दकवि रमेश खकुरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कवि तथा साहित्यकार भुवनहरि सिग्देल, प्रा.डा. माधव पोखरेल, कवि तथा समीक्षक मित्रलाल पंगेनी र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका गरे ।

कार्यक्रमका प्रमुख अतिथि खकुरेलले हाँडीघोप्टेलाई आफ्नै आँखाले बारम्बार सडकमा देखेको अद्धभुद पात्र भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताए। ।

यस्तै कार्यक्रममा बोल्दै सिग्देलले हाँडीघोप्टेहरुको यथार्थ जीवन बुझ्न घरमा बसेर हैन सडकमै सुतेर मात्र थाहा पाइने भएकाले लेखक स्वयम् २ वर्षसम्मले भानुभक्तको सालिकमुनि रात बिताएर लेखिएकाले उत्कृष्ट भएको बताए । प्रा.डा. पोखरेलले यो पुस्तक कलमको मसिभन्दा बढी लेखकको आँसुले लेखिएको भन्दै पुस्तकका अंश घरपरिवारका माझमा बसेर पढ्दा आफैँ भावविह्वल भएर पढ्नै नसकेको स्मरण गरे ।

मित्रलाल पंगेनीले दाहालद्वारा लिखित हाँडीघोप्टे चरम दुःख र जीवन संघर्षको सजीव चित्रण भएको बताए । लेखक दाहालले २०३५ सालदेखि आफुले देखे भागेका घटना टिपोट गरेकाले यो कृतिको रुप लिन सफल भएको बताए ।

उक्त पुस्तको प्रकाशन शिखा बुक्सले गरेको हो । पुस्तकको मूल्य ३ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस