देशलाई समृद्ध बनाउन वैकल्पिक सरकार गठन हुन्छ : नेता भट्टराई « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

देशलाई समृद्ध बनाउन वैकल्पिक सरकार गठन हुन्छ : नेता भट्टराई


२५ चैत्र २०७४, आइतबार


सिन्धुली । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताएका छन् ।

देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताएका हुन् ।

नयाँ शक्ति सिन्धुलीले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताए ।

नेता भट्टराईले भने, ‘सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हौं ।’ रासस

प्रतिक्रिया दिनुहोस