खेल नभएपछि महेन्द्रनगर र काठमाडौंले अंक बाँडे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खेल नभएपछि महेन्द्रनगर र काठमाडौंले अंक बाँडे


२५ चैत्र २०७४, आइतबार


धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौंबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिए । खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । काठमाडौंको नौ अंक भएको छ । काठमाडौं लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ ।

शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौं र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् ।

अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ । मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस