हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई गोली प्रहार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई गोली प्रहार


२५ चैत्र २०७४, आइतबार


विराटनगर । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार गरिएको छ ।

विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमलाई आइतबार बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

छातीमा गोली लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

जतुवामा आजैदेखि शुरु हुन लागेको श्रीमत भागवत सप्ताह पुराणको तयारीका क्रममा सक्रिय आचार्यलाई बिहान करिब ३ बजेतिर शौचका लागि निस्किएका बेला गोली प्रहार भएको थियो।

घटनास्थल आसपास प्रहरी परिचालन गरी निगरानी बढाउनुका साथै आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हिन्दु धर्म गुरु आचार्यमाथि कसले गोली प्रहार गरेको घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ ।

‘घटनास्थलमा चेतावनीपूर्ण पर्चा मंगोलिन आर्मीले छाडेको भेटिएको छ,’ एक प्रहरी अधिकारीले भने, अनुसन्धान भइरहेको छ ।

चेतावनीपूर्ण पर्चा भेटिएकोले गोली प्रहारमा मंगोलिन आर्मीको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस