नेपालको समृद्धिमा सँधै सहयोग रहने मोदीको भनाइ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालको समृद्धिमा सँधै सहयोग रहने मोदीको भनाइ


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिमा आफू सँधै सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका सन्दर्भमा शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको समृद्धि र नेपालीको खुसीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सगरमाथादेखि सागरसम्मको पहुँचमा सहयोगी बन्न जलमार्गको घोषणा गरेको जनाउँदै मोदीले भने ‘नेपालको समृद्धिमा हामी सँधै साथमा छौं।’

प्रतिक्रिया दिनुहोस