भारतीय रक्षा मन्त्रायको वेभसाइट अवरुद्ध « प्रशासन
prasaLogo
२३ चैत्र २०७४, शुक्रबार

भारतीय रक्षा मन्त्रायको वेभसाइट अवरुद्ध


प्रकाशित मिति : 6 April, 2018 7:44 pm

नयाँदिल्ली । भारतको रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याक (अवरुद्ध) भएको छ ।

सोमबार ह्याक भएको वेभसाइट सूचारु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

वेभसाइटमा चिनियाँ अक्षरहरु देखिएकाले चिनियाँ ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ ।

वेभसाइटको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना विज्ञान केन्द्रले भनेको छ, ‘हाम्रा वेभसाइटका सामग्रीहरू अवरुद्ध भएका छन् ।’
मन्त्रालयका प्रवक्ताले पनि अवरुद्ध वेभसाइट सूचालु गराउने प्रयास भइरहेको जानकारी दिए पनि कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताए ।

अर्का सरकारी अधिकारीले भने चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे । रासस/पिटिआई

प्रतिक्रिया दिनुहोस