घुससहित शिक्षाका दुई इन्जिनियर पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुससहित शिक्षाका दुई इन्जिनियर पक्राउ


२३ चैत्र २०७४, शुक्रबार


घुस

पोखरा । जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नारायण आधारभूत विद्यालयको भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेपछि उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारले इन्जिनियर प्रदीपकुमार बानियाँ र सब–इन्जिनियर छबिन् विक्रम खाँडलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस